PCN

संविधानसभा उपनिर्वाचनको मिडिया अनुगमन कार्य सम्पन्न

काठमाडौं। (२०६६।१।२४ गते) -- गत ०६४ चैत्र २८ गते सम्पन्न संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट विजय हासिल गरेका उम्मेदवारहरुले दुईमध्ये एक निर्वाचन क्षेत्रबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार रिक्त हुन आएका मुलुकका ५ निर्वाचन क्षेत्र र राष्टूपति डा.रामवरण यादवले राजीनामा गरेपछि रिक्त १ निर्वाचन क्षेत्र गरी ६ निर्वाचन क्षेत्रमा ०६५ चैत्र २८ गते उप निर्वाचन सम्पन्न भएको छ। दुई क्षेत्रवाट निर्वाचित भएर राजीनामा दिएका कारण रिक्त मोरङ्गका दुई निर्वाचन क्षेत्र नं. ५ र ७, त्यस्तै कास्की(१, रोल्पा(२, कंचनपुर(४ तथा राष्टूपति डा.रामवरण यादवले राजीनामा दिनुभएपछि रिक्त धनुषा(५ मा भएको उप निर्वाचनमा निर्वाचन आयोगको आग्रहबमोजिम प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमहरुका लागि जारी भएको आचारसंहिता पालना भए नभएको सम्वन्धमा मिडिया अनुगमन कार्य पूरा गरेको छ। निर्वाचन आयोगले गत ०६४ चैत्र २८ गते सम्पन्न संविधानसभा निर्वाचनमा बिद्युतीय र छापा गरी दुवै संचार माध्यमको भूमिका र महत्वलाई दृष्टिगत गर्दै निर्वाचन अवधिभर सबै संचार माध्यमहरुले निश्पक्ष भूमिका निर्वाह गरुन् भन्ने उद्देश्यअनुरुप “संविधान सभा सदस्य निर्वाचन आचार संहिता २०६४” को परिच्छेद(४ अन्तर्गत १९ बुूदे “आमसंचार माध्यमले पालना गर्नुपर्ने आचरण” लागू गरेको थियो। त्यस बखत पनि निर्वाचन आयोगले आचारसंहिता लागू अवधिभर सबै संचार माध्यमहरुले आचारसंहिता पालना गरे नगरेको।।।अनुगमन' गरिदिनका लागि प्रेस काउन्सिललाई आग्रह गरेको थियो। विभिन्न दातृनिकाय र निर्वाचन आयोगको आर्थिक सहयोगमा प्रेस काउन्सिलले आफ्नै भवनमा मिडिया अनुगमन कार्यक्रमको कार्यालय स्थापना गरी अनुगमन कार्य सफलतापूर्वक सम्पन्न गरेको थियो। निर्वाचन आयोगले २०६५ चैत २८ गते सम्पन्न भएको उप(निर्वाचनका लागि पनि मिडिया अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई नै दियो। यसका लागि निर्वाचन आयोगले २०६५ चैत ६ गतेदेखि आमसंचार माध्यमका लागि निर्वाचन आचारसंहिता लागू गर्यो र उक्त आचारसंहिता आमसंचारका माध्यमहरुले पालना गरे नगरेको अनुगमनका लागि प्रेस काउन्सिललाई जिम्मा दिने औपचारिक निर्णय गर्यो। विगतमा जस्तो कुनै दातृनिकायको आर्थिक सहयोग नभएको अवस्थामा पनि निर्वाचन आयोगले आफ्नै आर्थिक स्रोतबाट मिडिया अनुगमन कार्यको जिम्मा प्रेस काउन्सिललाई दिने जुन निर्णय गरेको छ, यसप्रति हामी निर्वाचन आयोग र यसका जिम्मेवार पदाधिकारीहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौ। प्रेस काउन्सिलले यो मौकालाई अवसरका रुपमा ग्रहण गर्दै यसलाई हर हालतमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्यो र अनुगमन कार्यलाई छुट्टै परियोजनाका रुपमा सम्पन्न गर्ने निर्णय गर्यो। विगतको संविधानसभा निर्वाचनमा मिडिया अनुगमन कार्यमा संलग्न जनशक्तिलाई नै पूनर्ताजगी तालिमपश्चात् यसपटकको उप निर्वाचनमा पनि अनुगमन कार्यमा परिचालन गरियो।


Code of Journalistic Ethics

The journalists and media shall perform:

(1) Protection and promotion of press freedom: Being freedom of opinion and expression a basic right of a citizen, to always remain firm, vigilant and alert for its protection and promotion.

(2) Recognition of human rights and international relations: To enhance protection and promotion of democracy, justice, equality peace and international collaboration and fraternity among friendly nations, while at the same time recognizing rights, interests, principles, norms and practices guaranteed by human rights related international instruments.


Media Development Fund

The principle objective of the Media Development Fund is to support the consolidation of democracy in Nepal by strengthening free and independent media. The immediate objective of the fund is to reduce the burden by subsidizing interest on loans granted to publishers of small newspapers. The fund will make it easier for small scale enterprises to procure loans.


Newspaper Preservation

Press Council Nepal has been preserving the Newspapers into CD/DVD since 1974. The collection dates till 2005. The council has about 2.5 million pages scanned and preserved in CDROM for further use.

 

 


निर्वाचनआचार संहिता अनुगमन गरिने

काठमाडौं। प्रेस काउन्सिल नेपालले आगामी चैत २८ उपनिर्वाचन हुने ५ वटा जिल्लाहरु मोरङ, धनुषा, कास्की, र।ोल्पा र कंचनपुरका साथै राजधानीका सञ्चारमाध्यमबाट प्रकाशित/प्रसारित सामग्रीहरुको अनुगमन शुरु गरेको छ। अनुगमनका लागि ४० जना जनशक्ति परिचालन गरिएको छ। निर्वाचन आयोगको आग्रहबमोजिम उपनिर्वाचनमा काउन्सिलले सञ्चार माध्यममा प्रकाशित/प्रसारित सामग्रीहरुको अनुगमन गरेको हो। 
 
उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको संविधानसभा सदस्य निर्वाचन आचारसंहिता २०६४ को परिच्छेद ४ अन्तर्गत आमसंचार माध्यमले पालना गर्नुपर्ने आचारसंहिताको पालना गरी अनुगमन कार्यमा सकारात्मक सहयोग पुर्‍याउनु हुन सम्बन्धित सबैमा काउन्सिलले आग्रह समेत गरेको छ। 


Press Council Nepal