PCN
Statement of Press Council Nepal,on Turkish Situation

The Press Council Nepal (PCN) is Concerned by the ongoing Attacks on Media Freedoms in Turkey and especially the Intolerance of Critical Voices by the Government and the Ruling AKP Party.As Member of the World Association of Press Councils (WAPC), the PCN is Particularly Concerned because the most Recent attack has been against the WAPC Treasurer and Former President as well as Media Veteran of Turkey,Mr.Oktay Eksi.

The Press Council Nepal is Concerned by ongoing Reports of Government intolerance of the Media in Turkey and Strongly Opposes any Attempt by the State (and also non-state parties) to Silence the Pen using Force and Intimidation.We also Call for Urgent Attention of International Media Freedom Defenders to the Situation in Turkey.

प्रेस विज्ञप्ति (२०६५।१२।६)

यही चैत्र २८ गते देशका विभिन्न ६ निर्वाचन क्षेत्रमा संविधान सभा सदस्यका लागि उप(निर्वाचन हुँदैछ। यो उप(निर्वाचनमा प्रेस काउन्सिलले विगतको संविधानसभा निर्वाचनमा जस्तै आमसंचार माध्यमले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धमा अनुगमन सुरु गरेको जानकारी गराउन चाहन्छौं।
 
निर्वाचन आयोगको आग्रह बमोजिम यही चैत्र ६ गते देखि उपनिर्वाचन हुने ५ वटा जिल्ला(मोरङ्ग, धुनषा, कास्की, रोल्पा र कञ्चनपुर) का साथै राजधानी काठमाडौंका संचारमाध्यमबाट प्रकाशित/प्रसारित सामग्रीहरुको अनुगमन शुरु गरिएको छ। अनुगमनमा ४० जना जनशक्ति परिचालन गरिएको छ। यस  उप(निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको संविधानसभा सदस्य निर्वाचन आचार संहिता २०६४ को परिच्छेद ४ अन्तर्गत आमसंचार माध्यमले पालना गनुपर्ने आचार संहिताको पालना गरी अनुगमन कार्यमा सकारात्मक सहयोग पुर्‍याउन हुन सम्बन्धित सबैमा आग्रह गर्दछु। 


विज्ञप्ति (२०६५।११।३०)

आदरणीय सम्पूर्ण नागरिक एवं संचारकर्मीहरु,
सबैको सत्प्रयासले नेपाल लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरे पनि त्यसलाई सुदृढ गर्न संविधान बनिसकेको छैन। यतिबेला हामी संक्रमणकालीन अवस्थाबाट गुजि्ररहेका छौं। सामन्ती दासताबाट मुक्त नेपालीहरु अहिले आफ्नो पहिचान स्थापित गर्न व्यग्र छन्। नयाँ संघीय संरचनामा आफ्नो जाती, भाषा, लिङ्ग एवं क्षेत्रको अधिकार सुनिश्चितताको यो अभियानमा हामी संचारकर्मीहरुको पनि सहयोगी भूमिका नितान्त अपेक्षित हुनु स्वाभाविक हो। 

त्यसैले हाम्रा शब्द, चित्र, ध्वनि एवं बोलीले कसैको भावनामा चोट परेर आपसी सद्भावना र मित्रतामा खलल पर्न गयो भने समग्र राष्टिूय जीवनमा नकारात्मक प्रभाव पर्न सक्ने भएको हुँदा तपाईं(हामी सबै सावधान रहनुपर्ने अवस्था छ। विविधतामा एकता हाम्रो मूल मन्त्र हो भन्ने कुरालाई हृदयङ्गम गर्दै मुलुकलाई विखण्डन, असहिष्णुता र संकीर्णताबाट जोगाएर सबैलाई एउटै राष्टिूय भावनामा समाहित गर्न सकेमात्र राष्टूको सर्वतोमुखि समृद्धि सम्भव हुनेछ। 
 

व्यावसायिकताको नाममा उत्तेजना, घृणा, अर्काको तेजोबोध गर्ने साम्प्रदायिक सद्भाव विथोल्न मद्दत पुर्‍याउने खालका सामग्रीहरु प्रसारण नगर्न प्रेस काउन्सिल सबैसँग हार्दिक अनुरोध गर्दछ। साथै संचारमाध्यमहरुबाट प्रेस आचारसंहिता विपरीत गलत र भ्रामक अमर्यादित समाचार प्रकाशन भएको अवस्थामा प्रेस काउन्सिलको तलको ठेगानामा जानकारी गराइदिनुहुन सूचनाको संवैधानिक अधिकार प्राप्त सम्मानित प्रत्येक नागरिकसँग प्रेस काउन्सिल हार्दिक अपिल गर्दछ। 
 

 

प्रेस विज्ञप्ति

२०६५।९।२८

 

यही पुस २७ गते रेडियो टुडे जनकपुर, धनुषामा कार्यरत पत्रकार उमा सिंहको अज्ञात समूहद्वारा गरिएको हत्याप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। यस जघन्य अपराधको प्रेस काउन्सिल नेपाल कडा शब्दमा भर्त्सना गर्दछ। साथै सिंहको घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारवाही गर्न काउन्सिल सरकारसँग जोडदार माग गर्दछ।
संचारकर्मीमाथि हुने गरेका यस्ता घटना बारम्बार दोहोरिदै गइरहेका छन्। यसर्थ सञ्चारकर्मीलाई निर्वाद रूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण श्रृजना गर्न सबै पक्षसँग काउन्सिल हार्दिक अपील पनि गर्दछ। 


प्रेस विज्ञप्ति

 

२०६५।९।११

केही दिनदेखि विभिन्न सञ्चारगृह र पत्रकारमाथि भएका श्रृङ्खलावद्ध आक्रमणका बारेमा प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। 

लोकतान्त्रिक व्यवस्थामा विधिसम्मत तरिकाले समस्याको समाधान खोजिनुपर्नेमा प्रसारण तथा प्रकाशन माध्यममाथि भएका त्यस्ता निन्दनीय व्यवहार कुनै पनि अवस्थामा क्षम्य हुन नसक्ने भएकाले सबै ठाउँमा भएका घटनाको अविलम्ब न्यायिक छानबिन गरी सबै पक्षका दोषीउपर कानुनी कारबाही र निर्वाधरुपमा प्रकाशन र प्रसारणको वातावरण सिर्जना गर्नेतर्फ सम्वद्ध सबै पक्षसँग प्रेस काउन्सिल नेपाल हार्दिक अनुरोध गर्दछ।


प्रेस विज्ञप्ति
२०६५।९।८

 

यही २०६५ पुस ६ गतेका दिन हिमाल मिडियामा पुगेर केही व्यक्तिहरुले तोडफोड र हातपात गरेर अभद्र व्यवहारको जो प्रदर्शन गरे त्यसप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ। सबैले आ-आफ्ना समस्या शालीन एवं विधिसम्मत ढंगले प्रस्तुत गर्न सकिने लोकतान्त्रिक व्यवहारविपरीत यस्ता घटना जहाँ जसबाट भए पनि भर्त्सनायोग्य छन्। 

साथै ७ गतेको पत्रकार महासंघद्वारा संचालित विरोध प्रदर्शनमा पत्रकारहरुमाथि भएको कुटपिट र हातपात अर्को निन्दनीय काम भएको छ। 

प्रेस जगतमाथि देखिएका यस्ता घटना लोकतान्त्रिक मर्यादाविपरीत छन्। दुवै घटनाको छानबीन गरी दोषीमाथि कारबाही गर्न सशक्त माग गर्दै परस्पर वार्ता गरी श्रमिक र व्यवस्थापन पक्षबीचको समस्याको समाधान गर्नु वाञ्छनीय छ। 


Top of the page
Press Council Nepal