Press Council Nepal

Author Archives: Press Council Nepal

काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाइ

काठमाडौँ, ८ कार्तिक । प्रेस काउन्सिल नेपालले निर्वतमान सदस्य ईश्वरीप्रसाद ओझालाई बिदाइ गरेको छ । चार वर्षअघि काउन्सिल सदस्यमा नियुक्त हुनुभएका ओझाको कार्यकाल गत कार्तिक ८ गते सकिएको हो । बिदाइ कार्यक्रममा कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले ओझा बौद्धिक, कुटनीतिक शैली अपनाउन सक्ने, काम गर्न सरल, सहज र तर्कसहित प्रस्तुत हुने व्यक्ति भएको बताउनुभयो । २

सूचना

पर्वतमा पनि सकियो पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभावसम्बन्धी अन्तरक्रिया

पर्वत २६ कार्तिक । फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले जिल्लास्थित सातैवटा स्थानीय तह एवं मिडियासँग छलफल गरी मापदण्ड बनाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना एवं पत्रकार महासङ्घ पर्वत शाखाको संयोजनमा बुधबार कुश्मामा आयोजित ”पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभावसम्बन्धी” कार्यक्रममा उहाँले कोभिडले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताउनुभयो

कोभिडले मिडियामा पारेको प्रभावबारे लमजुङमा अन्तरक्रिया सम्पन्न

काठमाडौँ २६ कार्तिक । गण्डकी प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक मायानाथ अधिकारीले परिवर्तनको वाहक मिडिया क्षेत्रको हकहित एवं उत्थानको लागि आफ्नो तहबाट पहल गर्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ लमजुङ शाखाको संयोजनमा मङ्गलबार बेशीशहरमा आयोजित ‘पत्रकार आचारसंहिता र कोभिडले मिडियामा पारेको प्रभावसम्बन्धी अन्तरक्रियामा सो धारणा राख्नुभएको हो । उहाँले परिवर्तनको नेतृत्व

अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको अपील

काठमाडौँ, २३ कार्तिक प्रेस काउन्सिल नेपालले हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न अपील गरेको छ । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित अपीलमा सार्वजनिक अपराधसँग सम्बन्धित व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धान तहकिकात हुनुपूर्व नै विभिन्न सञ्चारमाध्यममा साक्षी, पीडित र प्रमाणसमेतको सुरक्षामा पर्याप्त

रुपन्देहीमा पनि सकियो कोभिडको प्रभावबारे काउन्सिलको पत्रकार अन्तरक्रिया

काठमाडौँ २२ कार्तिक । प्रेस काउन्सिलको आयोजना र नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको संयोजनमा शुक्रबार बुटवलमा कोभिड–१९ ले पत्रकारितामा पारेको प्रभावका विषयमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागी पत्रकारहरुले आफ्नै अधिकार कुण्ठित भएको पीडा सुनाए । कोरोनाको संक्रमण, जागिर गुम्ने जोखिम, बेतलवी बस्नुपर्ने बाध्यता, असुरक्षा लगायतका कारण पेसागत अधिकार कुण्ठित भएको बताए । उनीहरुले प्रेस

परासीमा काउन्सिलको अन्तरक्रिया सम्पन्न

काठमाडौँ २३ कार्तिक । कोभिड १९ को असर र पत्रकार आचारसंहिताबारे नवलपरासीमा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । शुक्रबार परासीमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ नवलपरासीको समन्वयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य गोविन्द आचार्यले सञ्चारको विषयमा नीति बनेको भएपनि कार्यान्वयन नहुँदा सञ्चारकर्मीहरु र सञ्चारगृह मर्कामा परेको बताउनुभयो