Press Council Nepal

Monthly Archives: May 2020

कृषि टेलिभिजनले माग्यो क्षमा (भिडियोसहित)

२०७७।०२।१५, काठमाडौँ । ‘कोरोना बिसाउने गफगाफ’ कार्यक्रममार्फत् मधेसी समुदायको भावनामा आघात पुर्याएवापत परेको उजुरीउपर कारबाहीको क्रममा प्रेस काउन्सिल नेपालद्वारा दिइएको निर्देशनबमोजिम कृषि टेलिभिजनले क्षमायाचना गरेको छ । उक्त टेलिभिजनमा गत जेठ १ गते ‘कोरोना बिसाउने गफगाफ’ कार्यक्रमअन्तर्गत मधेशी समुदायलाई होच्याउनेखाले सामग्री प्रशारण हुन गएको । यसबारे २०७७/२/८ काउन्सलले टेलिभिजनसँग तीन दिने स्पष्टीकरण मागेको हो ।

टेलिभिजनलाई सार्वजनिकरुपमा क्षमायाचना गर्न निर्देशन

काठमाडौ । कृषि टेलिभिजनद्वारा मिति २०७७।२।१ गते बिहीबार दिउँसो ३ः०० बजे प्रसारित “कोरोना बिर्साउने कार्यक्रम” विषयमा मिति २०७७।२।१३ गते बिहान ११ः०० बजे प्रेस काउन्सिल सचिवालयमा दुवै पक्षलाई राखेर छलफल गरिएको छ । सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीबारे छलफल भयो । सञ्चारमाध्यमबाट प्रसारित सामग्रीउपर परेका उजुरीका सम्बन्धमा काउन्सिलको तर्फबाट अनुगमन हुँदा प्रयुक्त भाषा, भेषभुषा, शब्दमार्फत् सिङ्गो समुदायप्रति अत्यन्तै

प्रेस बिज्ञप्ति (२०७७-२-९)

CLICK ON FOLLOWING LINKS FOR DETAILS १)   स्पष्टीकरण/जवाफ माग गरिएका/सचेत, ध्यानाकर्षण गराइएका सञ्चारमाध्यमहरू २)   नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने बनाइएका वेबसाइटहरू ३)   कोरोना संक्रमणसम्बन्धी समाचारउपर उजुरी ============================================================================== प्रेस विज्ञप्ति   प्रेस काउन्सिल नेपाल कोरोना संक्रमणको महामारीमा पनि पत्रकार आचारसंहिता स्वअनुगमन तथा विभिन्न मिडियाविरुद्ध परेका उजुरीको सुनुवाई एवम् कारबाहीमा सक्रिय भइरहेको विषय सबैमा अवगत नै छ । कोरोना संक्रमणको विषयमा

गैरपेशागत आचरणप्रति प्रेस काउन्सिलको पछिल्लो धारणा

मिति: २०७७/२/५ गैरपेशागत आचरणप्रति प्रेस काउन्सिलको पछिल्लो धारणा कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण उत्पन्न बन्दाबन्दीको वर्तमान समयमा स्वघोषित पत्रकार हुँ भन्दै प्रेस लेखेर सवारी साधन प्रयोग गर्ने, ज्याकेट धारण गर्ने तथा प्रेसको नाममा परिचयपत्र बनाई पत्रकारिताका मूल्य र मान्यताविरोधी गतिविधि हुने गरेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यसै हप्ता ‘पत्रकारिता’

प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण

  मिति: २०७७/२/४ प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण कोरोनाको कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा अधिक सहुलियतको निम्ति हामी प्रयत्नशील छौं ! सङ्गसङ्गै केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा नपु¥याइनहुने अवस्थामा सरोकारवाला सबै निकायहरूसँग छलफलमा छौंं । पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गए

पत्रकारका निम्ति मास्क प्रदान

नेपाल ओभरसिज चाइनिज बिजनेश एशोसिएसन (Nepal Overseas Chinese Business Association) का पदाधिकारीहरुसहितको एक टोलीले आज प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्री किशोर श्रेष्ठलाई प्रेस काउन्सिल सचिवालयमा शिस्टाचार भेट गरी कोरोना संक्रमणबिरुध्द सहि सूचनाको निम्ति फिल्डमा भिडिरहेका सञ्चारकर्मीहरुको निम्ति ८०००।–थान मास्क हस्तान्तरण गरेको छ । (फोटो: विपुल पाण्डे)