Press Council Nepal

Monthly Archives: April 2020

आ.व. २०७६/७७ को साउनदेखि फागुन मसान्तसम्मको प्रगति विवरण

आ.व. २०७६/७७ को साउनदेखि फागुन मसान्तसम्मको प्रगति विवरण

सरोकारवाला पक्षसँग छलफल

कोभिड-१९ (कोरोना) संक्रमणमा अग्रपंत्तिमा कार्यरत सुरक्षा र स्वास्थ्यकर्मीलाई हतोत्साहित हुनेगरी गलत किसिमबाट मिडियामा आएका सामग्रीहरूबाट कसरी जोगाउने,पत्रकारितालाई कसरी जवाफदेही र मर्यादित बनाउने भन्ने विषयमा प्रेस काउन्सिल नेपालमा छलफल सम्पन्न भएको छ । सो छलफलमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल नेपाल चिकित्सक संघका महासचिव डा.बद्रि रिजाल,

प्रेस काउन्सिल नेपालको आह्वान

कोरोना भाइरस संक्रमणको यस्तो संवेदनशील घडीमा पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालनाका निम्ति पहल गरिदिन सरकारी निकायहरुले प्रेस काउन्सिललाई आग्रह गरिरहेका छन् । हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दै सबै साथीहरूलाई आम नागरिकको ब्यक्तिगत अधिकारको समेत कदर गरिदिन अनुरोध गर्दछौं । सँविधानमा सूचनाको हकसम्बन्धी धारा २७ मात्रै हैन, त्यसलगत्तै गोपनीयताको हकसम्बन्धी धारा २८ पनि छ ! कर्तव्य र

प्रेस विज्ञप्ति (२०७७-१-२)

केही आमसञ्चारमाध्यममा कुनै जाति, धर्म, समुदायकेन्द्रित लाञ्छना लगाउने गरी समाचार एवं समाचार–सामग्री सम्प्रेषण भएकोतर्फ प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५(२)मा ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेद्भाव हुने वा घृणा

कोभिड १९ विरुद्धको अग्रपंक्तिमा रहेकाहरुलाई सञ्चार क्षेत्रको सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, पत्रकार, सञ्चारकर्मी, सुरक्षाकर्मी, सबै खाले राष्ट्रसेवक र स्वअनुशासन रही सहयोग गर्नुहुने आमनागरिकको योगदानको कदरस्वरुप आज राष्ट्रिय गानको साथै एक मिनेट ताली बजाइएको छ । तिलगंगा, सञ्चारग्राममा आयोजित उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका का.बा अध्यक्ष किशोर श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चाय, न्यूनतम पारिश्रमिक निर्धारण

काउन्सिलबाट सरकारलाई ध्यानाकर्षण तथा सुझाव

काठमाडौं/ मिति २०७६।१२।२७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत “भोलि र पर्सि उपत्यका बाहिर जान पाउने” व्यहोराको सूचना सम्प्रेषणमार्फत भ्रम र अन्यौल सिर्जना गरिएको भनी प्राप्त गुनासोका सम्बन्धमा प्रेस काउन्सिलले आज चैत्र २८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस काउन्सिल ऐन, ०४८ को दफा ७ ९क०

प्रेस विज्ञप्ति (प्रेस काउन्सिल बैठकका निर्णयहरू)

आज मिति २०७६/१२/२३ गते बसेको प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले नोबेल कोरोना भाइरस (COVID-19) संक्रमणको अत्यन्तै कष्टकर अवस्थामा नेपाली पत्रकार र आमसञ्चारमाध्यमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै यस संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनपछि नेपाली आमसञ्चारमाध्यमले खप्नुपरेको चरम पीडाको समीक्षा गरेको छ । साथै, सम्पूर्ण पत्रकार र आमसञ्चारमाध्यमलाई विश्वसनीय, वस्तुनिष्ठ, सन्तुलित, मर्यादित एवं सत्यतथ्यपूर्ण सूचना तथा