Press Council Nepal

Monthly Archives: February 2020

प्रेस काउन्सिलमा नयाँ सदस्य सचिव

सूचना तथा प्रसारण विभागमा महानिर्देशकको नयाँ जिम्मेवारी सम्हाल्न आउनुभएका सहसचिव लेखनाथ शर्मालाई प्रेस काउन्सिलमा स्वागत गरिएको छ । उहाँ अर्थ मन्त्रालयबाट सरुवा, बढुवा भई आउनुभएको हो । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवको रुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो । विभागको महानिर्देशक नै काउन्सिलको सदस्य सचिव

प्रेस काउन्सिल नेपालको ५ सदस्यीय प्रतिनिधिमण्डल म्यान्मार राजधानी न्ये पीतमा !

काठमाडौं/ म्यान्मार प्रेस काउन्सिलको निमन्त्रणामा २०७६ फागुन ६ गते (फेब्रुअरी १८, २०२०) प्रेस काउन्सिल नेपालको ५ सदस्यीय प्रतिनिधिमण्डल राजधानी न्ये पीत पुगेको छ । प्रतिनिधिमण्डललाई स्वागतार्थ आयोजित कार्यक्रममा म्यानमार काउन्सिलका अध्यक्ष ९३ बर्षीय अध्यक्ष उ आन च्याइङ्गले भन्नुभयो– ‘छोटो अवधिमा जेजति गर्यौं, मिडियाकै हितमा गर्यौं । तपाईंहरुजस्ता अनुभवी साथीबाट सिकेर अझै धेरै गर्नु छ ।’

विद्यार्थीसँग प्रेस काउन्सिल नेपाल

काठमाडौँ २०७६।०९।२२ प्रेस काउन्सिल नेपालले पत्रकारिता विषय लिई दि इन्साइट भिजन कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई पत्रकार आचारसंहिता सम्बन्धमा प्रशिक्षण दिएको छ । प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनालले समग्र पत्रकारिताको आधारनै पत्रकार आचारसंहिता भएको बताउँदै काउन्सिल, पत्रकार आचारसंहिता उजुरी र कारबाही लगायतका विषयमा आ—आफ्नो जिज्ञासा राख्न विद्यार्थीलाई अनुरोध गर्नुभयो ।