Press Council Nepal

Monthly Archives: March 2019

सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना – Canteen Block and Gate Construction

प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग नरोकिने : सञ्चारमन्त्री बाँस्कोटा

२०७५।१२।०१ प्रेस काउन्सिल नेपालको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियम र कानुनसँग सम्बन्धित लगायत कुनै पनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने बताउनुभयो । उहाँले यो वर्ष स्वर्णजयन्ती वर्ष भएको हुँदा यसलाई भव्यतापूर्व सम्पन्न गर्न मिडियासम्बन्धी उपलब्धिमुलक कार्यक्रम एक हप्ताभित्र बनाएर सरकारसमक्ष पठाउन पनि आग्रह गर्नुभयो

प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सवको अवसर २०७५ मा प्रदान गरिएको पुरस्कार

प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार १. अविन श्रेष्ठ, काठमाडौँ कार्टुन विधामा पकड जमाउँदै आउनुभएका पत्रकार अविन श्रेष्ठको जन्म सन् १९७२ मा काठमाडौंमा भएको हो । फाइन आर्ट विषयमा स्नातक हासिल गर्नुभएका अविन कान्तिपुर दैनिकको सिनियर सब एडिटर पदमा कार्यरत हुनुहुन्छ । विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकामा कार्टुनिष्टको रुपमा कार्यानुभव संगाल्नुभएका अबिनले डिजाइन गर्नुभएका (व्यङ्गचित्र) कार्टुनहरु थुप्रै पाठ्यसामग्री,

सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना (डेस्कटप तथा ल्यापटप)

pcn-tender-notice-for-desktop-and-laptop

वरिष्ठ पत्रकार भारतदत्त कोइराला प्रेस काउन्सिलमा !

bharadatt-koirala-in-press-council-nepal

काठमाडौं / प्रेस काउन्सिल नेपालका पूर्व सदस्य तथा वरिष्ठ पत्रकार भारतदत्त कोइरालाले आज २०७५ फागुन २७ गते सोमवार प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसंगको छलफलका क्रममा मिडियामा पत्रकार आचारसंहिता कार्यान्वयनमा सहकार्यसम्वन्धी प्रस्ताव राख्नुहुँदै कोइरालाले भन्नुभयो —“देश नयाँ व्यवस्थाको चरणमा छ । संक्रमणकालीन अवस्थाले पत्रकारिता मात्र होइन

पत्रकार आचारसंहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५

पत्रकार आचारसंहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५

मिडियाको समस्या र आचारसंहिताको स्थिति विषयक मिडिया संवाद कार्यक्रम सम्पन्न

पाँचथर, प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ पाँचथरको संयोजनमा २०७५ साल फागुन १७ गते पाँचथर जिल्लाको सदरमुकाम फिदिममा मिडियाको समस्या र आचारसंहिताको स्थिति विषयक मिडिया संवाद सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटाले लोकतन्त्रको प्राणवायु मिडिया भएको र मिडियालाई स्वतन्त्र र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालको भूमिका

पत्रकारिता तथा आमसञ्चार विषयका विद्यार्थीलाई प्रशिक्षण

काठमाडौं, २३ फागुन : प्रेस काउन्सिल नेपालले ख्वप माध्यमिक विद्यालय (मा.वि.) मा मानविकी संकायअन्तर्गत कक्षा १२ मा पत्रकारिता विषय लिई अध्ययनरत विद्यार्थीलाई काउन्सिल, पत्रकार आचारसंहिता, पत्रकार अचारसंहितासम्बन्धी उजुरी र कारबाही प्रक्रियालगायतका विषयमा प्रत्यक्ष जानकारी गराएको छ । काउन्सिलको स्थलगत अध्ययन भ्रमणमा आएका उक्त माविका ३० भन्दा बढी विद्यार्थीलाई काउन्सिलसँग सम्बन्धित विभिन्न विषयमा काउन्सिलका सहप्रशासकीय (सूचना

मिडियाप्रतिको जनगुनासो सुनुवाई तथा आचारसंहिता विषयक छलफल कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ रुकुमको संयोजनमा २०७५ साल फागुन १८ गते शनिबारका दिन रुकुम जिल्लाको सदरमुकाम मुसिकोटमा मिडियाप्रतिको जनगुनासो सुनुवाई तथा आचारसंहिता विषयक छलफल कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष एवम काउन्सिलका सदस्य गोविन्द आचार्यले पत्रकारितालाई कसैको व्यक्तिगत सम्पत्तिका रुपमा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।

सल्यानमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम

प्रेस काउन्सिल नेपालको आयोजनामा २०७५ साल फागुन १८ गते सल्यान जिल्लाको सदरमुकाम खलङ्गामा पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल पत्रकार महासङका अध्यक्ष एवम् काउन्सिलका सदस्य गोविन्द आचार्यले नागरिकको हित विपरितको पत्रकारिता असल पत्रकारिता नहुने बताउँदै आफनो मर्यादाभित्र रहेर दायित्व निभाउन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । साथै उहाँले कार्यक्रममा मिडियाप्रति र काउन्सिलका