PCN
आ.व.२०६७/०६८ को पत्रपत्रिका वितरण सम्परीक्षण आवेदन फर्म भर्ने सूचना

(प्रथमपटक प्रकाशित मिति : २०६७/५/३)

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ११ तथा पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड र प्रक्रिया २०६४ (संशोधन २०६६सहित) को अनुसूची-१-८ बमोजिम तथा छापाखाना र प्रकाशन सम्वन्धी नियमावली,२०४९ को दफा ३ बमोजिम पत्रपत्रिकाले प्रकाशनको स्थायी प्रमाण पत्र लिईएका प्रकाशकले आ(आफ्नो प्रकाशनको बिक्री वितरण सम्बन्धी विवरण भरी पत्रिका मूल्यांकन एवं वर्गीकरण प्रयोजनका लागि समितिबाट तोकिएको ढाँचामा फाराम भरी वर्गीकरण प्रक्रियामा समावेश गराउन इच्छुक प्रकाशकले देहायअनुसारको सर्त पूरा गरी फारम भरी काउन्सिलमा दर्ता गराउनु पर्नेछ।

(क) वर्गीकरण मूल्यांकन प्रक्रियामा समावेश हुने प्रकाशनले २०६७ साउनदेखि २०६८ असार मसान्तसम्म छापाखाना र प्रकाशनसम्बन्धि नियमावली, २०४९ को नियम ७ (२) अनुसार (दैनिक समाचारपत्र ३०० अंक, अर्ध(साप्ताहिक समाचारपत्र ८० अंक, साप्ताहिक समाचारपत्र ४० अंक, पाक्षिक समाचारपत्र २० अंक, मासिक पत्रिका १० अंक र द्धैमासिक एवं त्रैमासिक पत्रिकाले ४ अंक, न्यूनतम) प्रकाशित भएको हाजिर रेकर्ड प्रेस काउन्सिल नेपाल र संचार केन्द्रको अभिलेखमा दर्ता भएको काउन्सिलबाट प्रमाणित गराइ समावेश गर्नुपर्नेछ।

(ख) प्रेस काउन्सिल नेपालको अभिलेखमा नियमित नभएका प्रकाशनहरुलाई वर्गीकरण मूल्यांकन प्रक्रियामा समावेश गरिनेछैन। आफ्नो प्रकाशन अभिलेख नियमित गराउने दायित्व सम्बन्धित प्रकाशकको हुनेछ।

(ग) वर्गीकरण प्रक्रियामा समावेश हुन चाहने प्रकाशनले आवेदनपत्र साथ राष्ट्रिय तहका लागि रु १,०००।- (एक हजार), क्षेत्रीय तहको लागि रु ५००।- (पाँच सय), स्थानीय तहका लागि रु ३००।- (तीन सय) आवेदन दस्तुर फाराम साथ बुझाउनुपर्नेछ। वर्गीकरण पछि प्रमाणपत्र लिंदा शुल्क बुझाउनुपर्नेछैन। आवेदन दस्तुर नगद वा नेपाल राष्टू बैंक, थापाथलीमा रहेको काउन्सिलको खाता नं.बै. अ. ६१०१०५ मा जम्मा हुने गरी बैंक ड्राफ्टबाट पनि पठाउन सकिनेछ।

(घ) पत्रिका वर्गीकरणको आवेदन फारम बुझाउने समायावधि २०६८ काक्तिक ३० गते सम्म दर्ता भै सक्नु पर्ने छ, त्यसपछि दोब्बर दस्तुर बुझाई थप ७ दिनभित्र काउन्सिलमा दर्ता गराई सक्नुपर्नेछ।

(ङ) तोकिएको म्याद नाघेर प्राप्त हुन आएको आवेदन फारमलाई वर्गीकरणमा समावेश गरिनेछैन।

(च) पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड र प्रक्रिया, २०६४ (संशोधन २०६६ सहित) अनुसार महिला, दलित, अपांग,दूर्गम क्षेत्र तथा भाषागत सुविधका लागि प्रकाशित मापदण्ड अनुसार फारममा समावेश गर्नुपर्नेछ।

(छ) राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहको विभिन्न वर्गमा वर्गीकृत हुन आवश्यक आधारहरु(जस्तै : ( तोकिएको जिल्लाका विभिन्न बिक्रीकेन्द्रबाट बिक्री वितरण भएको प्रमाण, श्रमजीवी ऐन कार्यान्वयन भएको प्रमाणमा पत्रकार एवं अन्य कर्मचारीको तलव खुल्ने नियुक्ति पत्र, कागज खरिदको बील, प्रेसलाई छपाई वापत भुक्तानी गरेको बील आदि)आवेदन फाराम साथ अनिवार्य रुपमा संलग्न गरेको हुनु पर्नेछ।

विशेष आग्रह :
आ.व. २०६७/०६८ मा नियमित प्रकाशित पत्रपत्रिकाको वर्गीकरण गर्दा पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड र प्रक्रिया २०६४ (संशोधन २०६६सहित) बमोजिम मूल्यांकन गरिने हुँदा मापदण्डको अध्ययन गरी वर्गीकरण फारम भर्न सम्बन्धित प्रकाशकलाई अनुरोध गरिएको छ। मापदण्डका सन्दर्भमा केही नबुझिने वा स्पष्ट नभएमा प्रेस काउन्सिल सचिवालयमा सर्म्पक राख्न समेत अनुरोध गरिन्छ।

नोट : वितरण सम्परीक्षणको फारम र परिमार्जित पत्रिका वर्गीकरण मापदण्ड काउन्सिलको वेबसाइट www.presscouncilnepal.org बाट download गर्न सकिनेछ। आवेदन फारम प्रेस काउन्सिल सचिवालयबाट पनि तोकिएको शुल्क बुझाई प्राप्त गर्न सकिनेछ।

 

पत्रपत्रिका पुनर्मूल्यांकन नतिजा
मिति २०६७।१०।२३ मा प्रकाशित आ.व. २०६५।६६ को पत्रपत्रिका वर्गीकरणको नतिजा चित्त नबुझी पुनर्मूल्यांकनको लागि प्राप्त ७८ वटा निवेदनहरुमध्ये पुनर्मूल्यांकन गरिएका २२ वटा पत्रपत्रिकाहरुको नतिजा प्रकाशित गरिएको छ।

पुनर्मूल्यांकन गरिएका पत्रपत्रिकाहरुको नामावली
 


वितरण संपरीक्षण समितिको सूचना

आ.व. २०६६/०६७ को अवधिमा वर्गीकरण प्रयोजनको निम्ति राष्टिूय, क्षेत्रीय र स्थानीय तहमा वर्गीकृत हुने गरी फाराम भरेका केही पत्रपत्रिकाहरुले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड २०६४ (परिमार्जित २०६६) को बुंदा १, २ र ३ बमोजिम विभिन्न तह र वर्गमा बर्गीकृत हुन आवश्यक आधार, प्रमाणहरु (जस्तैः तोकिएको संख्याका जिल्लाका सदरमुकामस्थित बिक्रीकेन्द्रबाट विक्रीवितरण भएको प्रमाण, श्रमजीवि ऐन कार्यान्वयनको प्रमाण, कागज खरीद गरेको बील, प्रेसलाई भुक्तानी गरेको बील आदि) फारामसाथ संलग्न गर्नु पर्नेमा सो गरेको नपाइएकोले बर्गीकरण कार्यमा वाधा पर्न गएको हुंदा वर्गीकरण हुन चाहेका पत्रपत्रिकाहरुले सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र वितरण दावी पुष्टि हुने आधार प्रमाणहरु प्रेस काउन्सिल सचिवालय सञ्चारग्राम तीलगंगा, काठमाडौंमा र मोफसलबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले सम्बन्धित सञ्चार केन्द्रमा बुझाउनु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 
 


स्थगनमा परेका पत्रिकाहरुको वर्गीकरण नतिजा


पत्रपत्रिकाको नामावली
 

पुनः संपरीक्षणको व्यवस्था


 
यो वर्गीकरण गर्दा पत्रपत्रिका वितरण संपरीक्षणको मापदण्ड र प्रक्रिया, २०६४ मा तोकिएका मापदण्ड र प्रक्रिया, प्रेस काउन्सिल तथा पत्रपत्रिका वितरण संपरीक्षण समितिको निर्णयलाई मूल आधार बनाइएको छ। पत्रपत्रिकाको मूल्यांकन गर्दा सम्भव भएसम्म वस्तुगत प्रमाणहरुलाई आधार मानी अधिकतम शुद्धता कायम गर्ने प्रयास गरिएको छ। तथापि वर्गीकरणमा कहीँ कतै त्रुटि भएको पाइएमा अथवा मूल्यांकन वर्गीकरणप्रति कसैलाई चित्त नबुझेमा चित्त नबुझ्नाका स्पष्ट र उचित कारणसहित पुनः संपरीक्षणका निम्ति नतिजा प्रकाशित भएको मितिले १५ (पन्ध्र दिन) भित्र रु. ५००।( (पाँच सय) शुल्कसहित काउन्सिलमा निवेदन दिन सकिनेछ। 
 
पहिलो पटक प्रकाशित मिति : २०६८।३।१०

 


Large Size Scanner खरिदबारे सिलबन्दी बोलपत्र आह्वानको सूचना

 प्रेस काउन्सिल नेपाल 
सञ्चारग्राम, तिलगंगा, काठमाडौं   
LARGE SIZE SCANNER खरिदबारे सिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०६८।२।२१


यस काउन्सिलको लागि ीबचनभ क्ष्शभ क्अबललभच आवश्यक परेकोले मूल्य अभिवृद्धि कर तथा आयकर प्रमाणपत्र प्राप्त इच्छुक योग्य रजिष्टर्ड विक्रेता, आपूर्तिकर्ता, कम्पनी वा फर्मबाट सिलबन्दी बोलपत्र आह्वानको लागि यो सूचना प्रकाशित गरिएको छ। क्उभअषष्अबतष्यल बोलपत्र फारामका साथ उपलब्ध गराइनेछ। 

१. शिलबन्दी बोलपत्र सम्बन्धी फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिनसम्म कार्यालय समयभित्र प्रेस काउन्सिल सचिवालय, संचारग्राम, तिलगंगाबाट चालु आ.व.को लागि नवीकरण भएको इजाजतपत्र, आयकर एवं मू.अ.कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न गरी निवेदन दिई रु. १०००।( (एक हजार) दस्तुर बुझाई (फिर्ता नहुने गरी) खरिद गर्न सकिनेछ। 

२. खरिद भएका बोलपत्र यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिन दिनको १२ः०० प्रे.का. सचिवालयको नाममा सम्बोधन गरी बोलपत्रदाताको नाम, ठेगाना, फोन नम्बर समेत स्पष्ट खुलाई फर्मको छाप लगाई सिलबन्दी लाहाछाप गरी यस सचिवालयमा दर्ता गराउन सकिनेछ। उक्त दिन विदा परेमा त्यसपछिको कार्यालय खुलेको दिन दिनको १२ः०० बजेभित्र दर्ता गराइसक्नुपर्नेछ। 

३. रीतपूर्वक पर्न आएको सिलबन्दी बोलपत्र प्रथमपटक सूचना प्रकाशित भएको मितिले ३१ औं दिन दिनको १४ः०० बजे काउन्सिलको कार्यालयमा उपस्थित फर्म, कम्पनी र अन्य प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ। तर फर्म, कम्पनीका प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन। उक्त सिलबन्दी  बोलपत्र खोल्ने दिन बिदा परेमा त्यस पछिको कार्यालय खोलेको दिन दिनको १४ः०० बजे सो बोलपत्रहरु खोलिनेछ। र शिलबन्दी बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार काउन्सिललाई रहनेछ। 

४. बोलपत्रदाता खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारबाहीमा आफ्नो स्वार्थ नबाझिएको सम्बन्धित पेसा वा व्यवसायसम्बन्धी कसुरमा आफूले सजाय नपाएको भनी लिखित कागज पेश गर्नुपर्नेछ। 

५. सिलबन्दी बोलपत्र साथ आफैले कबोल गरेको अंकको २.५ (अढाई) प्रतिशतले हुने धरौटीवापतको रकम काउन्सिलको नेपाल राष्टू बैंक, थापाथलीस्थित खाता नं. बैंअ. ६१०१०५ मा जम्मा गरेको बैंक भौचर वा यस काउन्सिलको पक्षमा जारी भएको घटीमा १२० दिन म्याद भएको बैंक ग्यारेन्टी बिडबन्ड पेश गर्नुपर्नेछ। पेश गरिएको जमानत भौचर वा बिडबन्ड यो सूचना प्रकाशित भएको मितिपछिको दिनलाई मात्र मान्यता दिइनेछ। 

६. बोलपत्र दाताले बोलपत्रमा दररेट भर्दा मूल्य अभिवृद्धि कर बाहेकको दररेट उल्लेख गर्नुपर्नेछ। 

७. बोलपत्र दाताले फर्म भर्दा दर अंक र अक्षर दुवैमा स्पष्ट लेख्नुपर्नेछ। अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ। केरमेट भएको ठाउँमा बोलपत्रवालाको सहिछाप भएको हुनुपर्नेछ। 

८. रीत नपुगी आएको सिलबन्दी बोलपत्रहरु उपर कुनै कारबाही गरिनेछैन। 

९. सिलबन्दी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस काउन्सिलमा निहित रहनेछ। 

०. यसबाहेक अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३  र प्रेस काउन्सिल खरिद नियमावली २०६५ बमोजिम हुनेछ।  

११. यससम्बन्धी अन्य थप कुराको जानकारीको लागि कार्यालय खुलेको समयभित्र प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ। फोन नं. ४११२६७८, ४११२७९९ 

 


प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको छात्रवृत्ति सम्बन्धी सूचना

प्रेस काउन्सिल नेपाल अन्तर्गत रहेको मिडिया विकास कोषले पत्रकारिता विषय लिई स्नातकोत्तर तहमा अध्ययनरत मोफसलका २ जना विद्यार्थीहरुलाई ग्रामीण पत्रकारिता वा पत्रकार आचार संहिता विषयक शोधपत्र (Thesis) लेखनका लागि रु. २५/२५ हजारको छात्रवृत्ति प्रदान गर्ने नीति अनुसार उल्लेखित विषयमा शोधपत्र लेख्न इच्छुक विद्यार्थीहरुले छात्रवृत्तिका लागि प्रेस कउान्सिल नेपाल संचारग्राम तिलगंगामा मिति २०६७ माघ १५ गतेसम्ममा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।  

(नोट :  छात्रवृत्ति प्रदान गर्दा गरिब, जेेेहेन्दार, दलित, जनजाती, महिला एंव मधेशी विद्यार्थीहरुलाई प्राथमिकता दिइनेछ।) 
 
निबेदनसाथ संलग्न हुनु पर्ने विवरणहरु :  
क)  सोधपत्र लेखनका लागि सम्बन्धित क्याम्पसको सिफारिश पत्र
ख)  निवेदनमा सोधपत्र सम्बन्धी कार्य योजना र आवश्यक अनुमानित खर्च समेत पेश गर्नु पर्नेछ।
 
 


प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार २०६७ का निम्ति सुयोग्य व्यक्ति/संस्थाको नाम सिफारिश गर्न प्रेस काउन्सिल नेपालको अनुरोध

प्रेस काउन्सिल नेपालद्वारा प्रत्येक वर्ष प्रदान गरिने प्रेस काउन्सिल गोपालदास  पत्रकारिता पुरस्कार प्रदान गर्नका निम्ति आमसञ्चारका क्षेत्रमा उल्लेखनीय योगदान गरेका पत्रकार वा पत्रकारितासँग सम्बन्धित व्यक्ति वा संस्थाको विवरण सहितको नाम यही २०६७ पुष १५ गतेभित्र काउन्सिलमा प्राप्त हुने गरी सिफारिश पठाई सहयोग गरिदिनु हुन देशभरका सबै पत्रकार, संस्था एवं सर्वसाधारणमा अनुरोध गरिन्छ।  



सम्झौतापत्र

प्रेस काउन्सिल सचिवालय र त्रियूगा इन्टरप्राईजेज बीच आ.व.२०६७।०६८ को लागि मसलन्दसम्बन्धी
सामानहरु आपुर्ति गर्नेसम्बन्धी सम्झौतापत्र
 
प्रेस काउन्सिल सचिवालयलाई आ. व.२०६७।०६८ को लागि आबश्यक पर्ने मसलन्द सम्बन्धी मालसामानहरु आपुर्ति गर्नेबारे सूचना आह्वान भई प्राप्त हुन आएका सिलबन्दी दरभाउपत्रसँग सबैभन्दा कम मुल्यको दररेट भएका सामानहरुमात्र खरिद गर्नको लागि मिति २०६७।५।१३ मा निर्णय भए अनुसार प्रेस काउन्सिल नेपाल, सञ्चारग्राम यसपछि सचिबालय भनिएको र आपूर्तिकर्ता त्रियूगा इन्टरप्राईजेज यसपछि सप्लायर्स भनिएको बीच सामानहरु आपूर्ति गराउने गर्ने सम्बन्धमा निम्न बमोजिम शर्तहरु मन्जुर गरी यो सम्झौता गरेका छौं।
 
                        सम्झौतापत्रका सामान्य शर्तहरु
 
१. मालसामान आपूर्ति गर्ने सम्बन्धमा सिलबन्दी दरभाउपत्रमा उल्लेखित शर्त एवं मूल्यसूचीको पूर्णरुपमा पालना गर्नुपर्नेछ।
२. सामान आपूर्ति सचिवालयको कार्यालय संचारग्राम, तिलगंगामा गर्नुपर्नेछ।
३. सामानहरु कार्यालयमा ल्याइसकेपछि जाँच गरिनेछ। खराब ठहरिएको वा   स्पेशिफिकेशन अनुसार नमिल्ने सामान परेमा सप्लायर्सले तुरुन्तै फिर्ता लिई तोकिएको अवधिभित्रै सामान पुनः आपूर्ति गर्नुपर्नेछ।
४ सिलबन्दी दररेट फाराममा उल्लेखित मुल्य अनुसार काउन्सिलमा आवश्यक सामानहरु एकै पटक वा सचिवालयको सहमतिमा पटक पटक गरि कार्य आदेश जारी गरि लिईनेछ। सामानहरुको लागि कार्य आदेश दिएको मितिले ३ (तीन) दिन भित्र आपूर्ति गर्नुपर्नेछ।
५. यो संझौताको अवधि २०६८ आषाढ मसान्तसम्म रहनेछ।
६. सप्लायर्सको आफ्नो कारणले वाहेक परिस्थितिले गर्दा तोकिएको समयमा आपूर्ति गर्न नसकेमा यथेष्ट कारणहरु खुलाई समय थप पाउनको लागि आपूर्तिकर्ताले लिखित रुपमा समय माग गरेमा औचित्यको आधारमा नियमानुसार आवश्यक म्याद थप गर्न सकिनेछ।
७. स्वीकृत दररेट फारामको आधारमा सचिवालयले आवश्यक सामानहरु मात्र खरिद गर्न सक्नेछ।
८. यस सम्झौतापत्रमा तोकिएको समयभित्र सामान आपूर्ति गर्नुपर्नेछ। सो नगरेमा यस सचिवालयले प्रचलित बजार भाउमा सोझै बजारबाट सामान खरिद गर्न सक्नेछ। त्यसरी बजारबाट सामानहरु खरिद गर्दा दररेटपत्रमा उल्लेखित दररेट भन्दा बढी रकम पर्न गएमा बढी परेको.रकम सप्लायर्सबाट हर्जानाको रुपमा असुलउपर गरिनेछ।
९. सप्लायर्सबाट सचिबालयमा सामानहरु आपूर्ति भएपछि जाँची ठीक ठहर भई स्टोर दाखिला प्रमाणित भएपछि भुक्तानी दिईनेछ।
१०. सप्लायर्सले सम्झौता बमोजिम काम नगरेमा आपूर्ति गर्ने सामानहरु कैफियत देखिएमा कारण दिई सचिवालयले संझौता तोडी धरौटी रकम जफत गर्न सकिनेछ।
११. सप्लायर्स र सचिवालय बिच कुनै मतभेद भएमा सचिवालयले दिएको निर्णय अन्तिम हुनेछ र सो निर्णयलाई दुवै पक्षले स्वीकार गर्नुपर्नेछ।
१२. यस संम्झौतामा नपरेकाअन्य शर्तहरु प्रचलित ऐन नियमानुसार हुनेछ।
माथी उल्लेखित शर्तहरु मञ्जुर गरी सचिवालय र सप्लायर्सबीच आजैदेखि सम्झौता लागू हुने गरी निम्नानुसार हस्ताक्षर गरेका छौ।
 
प्रेसकाउन्सिल नेपालको तर्फबाट                 त्रियूगा इन्टरप्राईजेजको तर्फबाट
नाम :                                         नाम : 
दस्तखतः                                      दस्तखतः
मिति :                                        मिति : 
छाप :                                          छाप : 
 
साक्षी                                         साक्षी
नाम :                                          नाम : 
दस्तखतः                                       दस्तखतः


पत्रपत्रिका खरिद सम्वन्धी सूचना


प्रकाशित मिति २०६७।४।२४ गते 
 
आ.व. २०६७/०६८ मा प्रेस काउन्सिल नेपालको लागि आबश्यक पर्ने पत्रपत्रिका आपूर्ति गर्न इच्छुक व्यक्ति, फर्म एवं संघ संस्थाहरुले आफुले उपलव्ध गराउन सक्ने पत्रिकाहरुको विवरणसहित अंकित मूल्यमा के कति प्रतिशत रकम छुट गर्न सकिन्छ सोसमेत उल्लेख गरी सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिनभित्र यस सचिवालयमा गोप्य शिलबन्दी आवेदन बुझाउनु हुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। विस्तृत जानकारीकोलागि सचिवालयमा सम्पर्क गर्न सकिने छ।


सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना

 

प्रेस काउन्सिल नेपाल
संचारग्राम, तिलगंगा
सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०६७।४।५ 
 
 यस प्रेस काउन्सिल नेपाललाई आ.व. २०६७।०६८ को निम्ति आवश्यक पर्ने मसलन्दसम्बन्धी सामानहरु सिलबन्दी दरभाउपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने भएकोले उक्त सामान आपूर्ति गर्न चाहने इच्छुक व्यक्ति, फर्म, कम्पनीहरुले संस्था दर्ता प्रमाणपत्र प्रतिलिपि, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र २०६५।०६६ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपिसहित सचिवालयबाट विक्री भएको दरखास्त फाराम रीतपूर्वक भरी रु. ५।( को टिकट टाँसी पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। विस्तृत विवरण प्रेस काउन्सिल सचिवालयको सूचना पाटीमा टाँस गरिएको छ। 
 

मिडिया विकास कोषको सूचना

 

नेपाल सरकार र डेनिस सरकारको संयुक्त प्रयासमा स्थापना भएको काउन्सिल अन्तर्गत रहेको मिडिया विकास कोषले उपत्यका वाहिरका नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुलाई संचार केन्द्र स्थापनाका लागि उपकरण खरिदमा सहयोग गर्ने नीति अनुसार देहायका महासंघहरुलाई देहाय अनुसारको रकम उपलव्ध गराएको सम्बन्धित सबैका जानकारीका लागि अनुरोध छ। साथै काउन्सिलले मोफसलको पत्रकाारिता क्षेत्रको विकासका लागि देहायका पत्रिका एंव एफएमहरुलाई समेत अफसेट प्रेस र उपकरण खरिदमा लिएको बैंक ऋणमा व्याज अनुदान उपलव्ध गराउदै आएको सन्दर्भमा कोषवाट उपलव्ध गराउँदै आएको संचारकेन्द्र अनुदान र व्याज अनुदान सुविधामा कोही कसैको गुनासो भएमा काउन्सिलमा उजुरी गर्न सक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
 

Top of the page
Press Council Nepal