पत्रपत्रिकाको वर्गीकरण नतिजा (२०६४।०६५)
पत्रपत्रिकाको वर्गीकरण नतिजा(२०६४।०६५)
पत्रपत्रिकाको वर्गीकरण नतिजा(२०६४।०६५)
सुभाषचन्द्र नेम्बाङ, अध्यक्ष, संविधान सभा
काठमाडौं। (२०६६ भदौ १८ गते)
प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको

दुई क्षेत्रवाट निर्वाचित भएर राजीनामा दिएका कारण रिक्त मोरङ्गका दुई निर्वाचन क्षेत्र नं. ५ र ७, त्यस्तै कास्की(१, रोल्पा(२, कंचनपुर(४ तथा राष्टूपति डा.रामवरण यादवले राजीनामा दिनुभएपछि रिक्त धनुषा(५ मा भएको उप निर्वाचनमा निर्वाचन आयोगको आग्रहबमोजिम प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमहरुका लागि जारी भएको आचारसंहिता पालना भए नभएको सम्वन्धमा मिडिया अनुगमन कार्य पूरा गरेको छ।
निर्वाचन आयोगले गत ०६४ चैत्र २८ गते सम्पन्न संविधानसभा निर्वाचनमा बिद्युतीय र छापा गरी दुवै संचार माध्यमको भूमिका र महत्वलाई दृष्टिगत गर्दै निर्वाचन अवधिभर सबै संचार माध्यमहरुले निश्पक्ष भूमिका निर्वाह गरुन् भन्ने उद्देश्यअनुरुप “संविधान सभा सदस्य निर्वाचन आचार संहिता २०६४” को परिच्छेद(४ अन्तर्गत १९ बुूदे “आमसंचार माध्यमले पालना गर्नुपर्ने आचरण” लागू गरेको थियो। त्यस बखत पनि निर्वाचन आयोगले आचारसंहिता लागू अवधिभर सबै संचार माध्यमहरुले आचारसंहिता पालना गरे नगरेको।।।अनुगमन' गरिदिनका लागि प्रेस काउन्सिललाई आग्रह गरेको थियो। विभिन्न दातृनिकाय र निर्वाचन आयोगको आर्थिक सहयोगमा प्रेस काउन्सिलले आफ्नै भवनमा मिडिया अनुगमन कार्यक्रमको कार्यालय स्थापना गरी अनुगमन कार्य सफलतापूर्वक सम्पन्न गरेको थियो।
निर्वाचन आयोगले २०६५ चैत २८ गते सम्पन्न भएको उप(निर्वाचनका लागि पनि मिडिया अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई नै दियो। यसका लागि निर्वाचन आयोगले २०६५ चैत ६ गतेदेखि आमसंचार माध्यमका लागि निर्वाचन आचारसंहिता लागू गर्यो र उक्त आचारसंहिता आमसंचारका माध्यमहरुले पालना गरे नगरेको अनुगमनका लागि प्रेस काउन्सिललाई जिम्मा दिने औपचारिक निर्णय गर्यो। विगतमा जस्तो कुनै दातृनिकायको आर्थिक सहयोग नभएको अवस्थामा पनि निर्वाचन आयोगले आफ्नै आर्थिक स्रोतबाट मिडिया अनुगमन कार्यको जिम्मा प्रेस काउन्सिललाई दिने जुन निर्णय गरेको छ, यसप्रति हामी निर्वाचन आयोग र यसका जिम्मेवार पदाधिकारीहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौ। प्रेस काउन्सिलले यो मौकालाई अवसरका रुपमा ग्रहण गर्दै यसलाई हर हालतमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्यो र अनुगमन कार्यलाई छुट्टै परियोजनाका रुपमा सम्पन्न गर्ने निर्णय गर्यो। विगतको संविधानसभा निर्वाचनमा मिडिया अनुगमन कार्यमा संलग्न जनशक्तिलाई नै पूनर्ताजगी तालिमपश्चात् यसपटकको उप निर्वाचनमा पनि अनुगमन कार्यमा परिचालन गरियो।
प्रेस काउन्सिल नेपालको पत्रपत्रिका अनुगमन तथा संपरिवेक्षण संयन्त्रले यही भदौ १ गतेदेखि बजारमा पत्रपत्रिकाहरुको बिक्रीको स्थिति निरीक्षण कार्य तीव्र पारेको छ। काठमाडौंको भूगोलपार्क लगायत उपत्यका र मोफसलका विभिन्न केन्द्रहरुका प्रमुख विक्री स्थलहरुमा प्रतिनिधिहरुको समूह नै पठाई यो कार्य दैनिक रुपमा सम्पन्न भैरहेको छ। पत्रपत्रिका वर्गीकरणको कामको लागि र प्रेसको बजारबारे अद्यावधिक जानकारी संकलन गर्नका लागि यो निरिक्षण उपयोगी हुने काउन्सिलको विश्लेषण रहेको छ।
hours of coverage was dedicated to Madhav Kumar Nepal by the Electronic Media between March 9, 2008 and April 13, 2008
View the data Charts