पत्रपत्रिकाको वर्गीकरण नतिजा(२०६६।०६७)
प्रेस काउन्सिल नेपालद्वारा आ.व. २०६६/०६७ सालको पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरिएको छ। वर्गीकरणका लागि फाराम भरेका ७९५ वटा पत्रिकाहरु मध्ये ६०७ पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् भने १८७ पत्रिकाको नतिजा विविध कारणले स्थगन गरिएको छ। स्थनगमा परेका पत्रिकाहरुको वर्गीकरण नतिजा यथाशक्य छिटो सार्वजनिक गरिने व्यहोरा समेत सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ। स्थगनमा परेका पत्रपत्रिकाको सम्बन्धमा प्रेस काउन्सिलबाट बुझ्न सकिनेछ।पुनः संपरीक्षणको व्यवस्था
यो वर्गीकरण गर्दा पत्रपत्रिका वितरण संपरीक्षणको मापदण्ड र प्रक्रिया, प्रेस काउन्सिल तथा पत्रपत्रिका वितरण संपरीक्षण समितिको निर्णयलाई मूल आधार बनाइएको छ। पत्रपत्रिकाको मूल्यांकन गर्दा सम्भव भएसम्म वस्तुगत प्रमाणहरुलाई आधार मानी अधिकतम् शुद्धता कायम गर्ने प्रयास गरिएको छ। तथापि वर्गीकरणमा कहीँ कतै त्रुटि भएको पाइएमा अथवा मूल्यांकन वर्गीकरणप्रति कसैलाई चित्त नबुझेमा चित्त नबुझ्नाको स्पष्ट र उचित कारणसहित पुनः संपरीक्षणका निम्ति पत्रपत्रिका वितरण संपरीक्षणको मापदण्ड बमोजिम नतिजा प्रकाशित भएको मितिले ३५ दिन (पैतिस दिन) भित्र काउन्सिलमा निवेदन दिन सकिनेछ। आ.व. २०६५/०६६ मा वर्गींकरण फाराम नभरेका तर २०६६/०६७ सालमा फाराम भरेका नया पत्रिकाको हकमा रु. ५००।( (पाँच सय) पुनर्मूल्यांकन शुल्क लाग्नेछ भने गत साल वर्गीकृत भएका र आ.व. २०६६/०६७ मा समेत वर्गीकरण फाराम भरेका पत्रिकाले निशुल्क निवेदन दिन सकिनेछ।
पहिलो पटक प्रकाशित मिति : २०६८।६।१३
पहिलो पटक प्रकाशित मिति : २०६८।६।१३
वितरण संपरीक्षण समिति
प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम, तिलगंगा, काठमाण्डौ।
पो.ब.नं. ३०७७, फोन : ४११२६७८, ४११२७९९
फ्याक्स नं ४११२६९४
इमेल : prescoun_mdf@wlink.com.np





