पत्रपत्रिकाको वर्गीकरण नतिजा(२०६४।०६५)
पत्रपत्रिकाको वर्गीकरण नतिजा(२०६४।०६५)
हुबहुमा परेका पत्रपत्रिकाको विवरण
बिबिध करणले स्थगनमा परेका पत्रपत्रिकाहरुको नतिजा
पुनः संपरीक्षणको व्यवस्था
यो वर्गीकरण गर्दा पत्रपत्रिका वितरण संपरीक्षणको मापदण्ड र प्रक्रिया, २०६४' मा तोकिएका मापदण्ड र प्रक्रिया, प्रेस काउन्सिल तथा पत्रपत्रिका वितरण संपरीक्षण समितिको निर्णयलाई मूल आधार बनाइएको छ। पत्रपत्रिकाको मूल्यांकन गर्दा सम्भव भएसम्म वस्तुगत प्रमाणहरुलाई आधार मानी अधिकतम् शुद्धता कायम गर्ने प्रयास गरिएको छ। तथापि वर्गीकरणमा कहीँ कतै त्रुटि भएको पाइएमा अथवा मूल्यांकन वर्गीकरणप्रति कसैलाई चित्त नबुझेमा चित्त नबुझ्नाको स्पष्ट र उचित कारणसहित पुनः संपरीक्षणका निम्ति।।।पत्रपत्रिका वितरण संपरीक्षणको मापदण्ड र प्रक्रिया, २०६४' को दफा १७ बमोजिम नतिजा प्रकाशित भएको मितिले एक महिना (तीस दिन) भित्र रु. ५००।( (पाँच सय) शुल्कसहित काउन्सिलमा निवेदन दिन सकिनेछ।
पहिलो पटक प्रकाशित मिति : २०६६।८।१२
पहिलो पटक प्रकाशित मिति : २०६६।८।१२
पत्रपत्रिका वितरण संपरीक्षण आवेदन फर्म भर्ने समयावधि बढाइएको सूचना
प्रेस काउन्सिल नेपालअन्तर्गतको वितरण संपरीक्षण समितिद्वारा आर्थिक वर्ष २०६५।०६६ को अवधिमा प्रकाशित पत्रपत्रिकालाई वर्गीकरणको लागि पत्रपत्रिका वितरण संपरीक्षण फाराम भर्न मिति २०६६।४।१० गते गोरखापत्रमा नब्बे दिनको समयावधि राखी सूचना प्रकाशित गरिएकोमा सो अवधिमा वडादशैं र तिहार पर्व परेकाले निर्धारित समयमा फर्म बुझाउन केही कठिनाई भएको र नयाँ मापदण्डको अध्ययन गरी थप स्पष्ट हुनका लागि पनि समय माग भई आएकोले पत्रकारहरुको अनुरोधलाई समेत दृष्टिगत गरी पत्रपत्रिका वितरण संपरीक्षण आवेदन फर्म भर्ने अवधि ४५ (पैंतालीस) दिन थप गरी मिति २०६६।८।२२ सम्ममा बुझाउनु पर्ने गरी फर्म भर्न म्याद थप गरिएको व्यहोरा समितिको २०६६।६।२७ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
द्रष्टव्य : विस्तृत जानकारीका लागि २०६६ साउन १० र २०६६ साउन २० गतेको गोरखापत्र दैनिक र वेबसाइट www.presscouncilnepal.org हेर्नुहुन अनुरोध गरिन्छ।
द्रष्टव्य : विस्तृत जानकारीका लागि २०६६ साउन १० र २०६६ साउन २० गतेको गोरखापत्र दैनिक र वेबसाइट www.presscouncilnepal.org हेर्नुहुन अनुरोध गरिन्छ।
नोट : ( वितरण संपरीक्षणको फाराम र परिमार्जित मापदण्ड काउन्सिलको वेबसाइटबाट download गर्न सकिनेछ। आवेदन फाराम प्रेस काउन्सिल सचिवालयबाट पनि प्राप्त गर्न सकिनेछ। फारामसाथ गतवर्षको वर्गीकरणको प्रमाणपत्र पनि संलग्न हुनु पर्नेछ।
प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम, तिलगंगा, काठमाण्डौ।
पो.ब.नं. ३०७७, फोन : ४४६९७९९, ४४६९८७८,
फ्याक्स नं ४४६९८९४
इमेल : prescoun_mdf@wlink.com.np





